बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

मङ्गलवार, भदौ २६, २०८०
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । भाद्र २५ गते राति १ बजे सौचालयमा अचानक बेहोस भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शिर्ष नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहनुभएका नेम्वाङ २०५६ सालदेखिनै इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत रहनुभएको थियो । नेम्वाङ इलाम क्याम्पसमा अध्ययन गर्दाको बखत विद्यार्थि राजनितिमा सक्रीय हुनुहुन्थ्यो । अनेरास्ववियुको सकृय राजनितिमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा सफल राजनितिज्ञको रुपमा परिचित हुनुहुन्थ्यो । २०३३ सालमा राजद्रोह मुद्दामा जेल पर्नु भएका नेम्बाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको समयमा पहिलो कम्युनिस्ट सरकारको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत हुनुभएको थियो । २०५६ को निर्वाचनमा विजय हाँसिल गरेर उहाँ सार्वजनिक लेखा समितिको सभापति भए पछी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर बेथिती विरुद्ध नेम्बाङको कदमका बारेमा सर्वत्र चर्चा भएको थियो । उहाँ जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख समेत बन्नु भएको थियो । २०६४ सालमा इलाम वाट निर्वाचित निम्बाङ २०७० सालमा पनि इलामबाट पुनः निर्वाचनमा विजय हाँसिल गर्दै संविधानसभाको अध्यक्ष हुनुभएको थियो । चार पटक सम्म सभामुख बन्दा उहाँ सधैं सर्वसम्मत हुनुभएको थियो ।
सम्बन्धित खबर