झापाको बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि तयार पारेको नीति, बजेट तथा कार्यक्रम पुस्तिकाको सोमबार बिमोचन गरिएको छ ।
उक्त पुस्तिकाको एक समारोहका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईं, नगरउपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले संयुक्त रुपमा बिमोचन गरेका हुन् । बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । सोही बजेट विवरण, आगामी आर्थिक बर्षमा गरिएको नीति तर्जुमा तथा कार्यक्रम उक्त पुस्तिकामा समेटिएको छ । सोमबार नै बसेको नगरको विशेष अधिवेशनले आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पनि पारित गरेको छ । नगर क्षेत्रमा सम्पत्ति कर लगाइने र असुलउपर गरिने, नगरपालिकाबाट व्यवसायिक प्रमाणपत्र नलिएका व्यवसायीलाई व्यवसायिक संघसंस्थाको निर्वाचनको मतदाता सूचीमा समावेश नगरिने व्यवस्था उक्त विधेयकमा गरिएको छ । उक्त संशोधन विधेयकमा सिफारिस दस्तुर भित्र आयस्रोत प्रमाणीकरण दस्तुरमा पनि संशोधन गरिएको छ । संशोधन विधेयकमा दररेट सम्बन्धी व्यवस्थामा पनि केही हेरफेर गरिएको छ । त्यस्तै संशोधन पूर्व कर तिर्ने करदाताको बढी हुन गएको कर पछिल्लो आर्थिक बर्षमा तिर्नुपर्ने करमा समायोजन गरि लिइने व्यवस्था संशोधित आर्थिक ऐनमा व्यवस्था गरिएको छ । आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक नगरसभामा प्रस्तुत गर्दै नगरउपप्रमुख संग्रौलाले काम गर्दा धेरै बाधा आउने गरेको दुःखेसो पोख्नुभयो ।
बाइट नगर अधिवेशनमा भाग लिँदै बिर्तामोड नगरपालिकाले लक्ष्य लिएको विकास निर्माणलगायत अन्य काममा सबैको एकमत हुन जरुरी रहेको बिर्तामोड ९ का वडाध्यक्ष हरि चम्लागाईंले बताउनुभयो ।