शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

नयाँ प्रमुख प्रशासकीय अधिकृत पोख्रेललाई पनि हाजिर हुन दिएनन् माईजोगमाईका अध्यक्षले

आइतवार, भदौ २४, २०८०
झापा । इलामको माईजोगमाई गाउँपालिका इलाममा नयाँ प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका स्काई पोख्रेललाई पालिका अध्यक्षले हाँजिर हुन दिएनन् । पोख्रेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भइ माईजोगमाई गाउँपालिका आउनु भएको थियो । पालिकामा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईको सरुवा भएपछि लेखा अधिकृतलाई निमित्त दिइएको थियो । सूयोदय टेलिभिजनसँग नयाँ प्रमुख प्रसाशकीयका रुपमा आउन लाग्नुभएका पोख्रेलले मन्त्रालयबाट पत्र बुझेर आफू ताप्लेजुङबाट पनि बिदा भइ माईजोगमाईमा हाजिर हुन आउँदा रमनापत्र समेत गाउँपालिकाले बुझ्न नमानेको बताउनु भयो । गत असार महिनामा भएको प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीचको घटनालाई लिएर गैरकानूनी ढंगवाट भाद्र महिनामा सार्वजनिक गरिएको सीसी टिभी फुटेजका सन्दर्भमा समेत गाउँपालिकाको गोपनीयतामाथि प्रश्न चिन्ह खडाभएको छ । त्यसैगरी नयाँ सरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाँजिरनै हुन नदिनुसँग गाउँपालिका अध्यक्षले के गर्न खोजेको भन्ने विषयलाई अहिले सर्वसाधारणले उठाउन थालेका छन् ।
सम्बन्धित खबर