बिहिवार, पौष ११, २०८१
Sancharmanch

निजामती सेवा दिवसका अवसरमा झापाका चार जना कर्मचारी पुरस्कृत

शुक्रवार, भदौ २२, २०८०
भद्रपुर, झापा । निजामती सेवा दिवसका अवसरमा झापा चार जना कर्मचारीलाई पुरस्कृत गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा झापाको भद्रपुरमा आयोजित कार्यक्रम चार जना कर्मचारीलाई पुरस्कृत गरिएको हो । उनीहरूको कार्यसम्पादन र लगनशीलताका आधारमा पुरस्कृत गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुदप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पुरस्कृत हुने कर्मचारीहरूमा मेची अस्पताल भद्रपुरका निमित्त सुपरिन्टेन्डेन्ट तथा बरिष्ठ जेनेरल सर्जन डा. रामबाबु खड्का, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर होमनाथ गौतम र गौरीगञ्ज गाउँपालिकामा कार्यरत वडासचिव एजिना भट्टराई रहेका छन् । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । निजामती सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरूबीच आयोजना गरिएको निवन्ध प्रतियोगितामा कनकाई नगरपालिकाका वडासचिव इन्द्रसरोवर बजगाइँको निवन्ध प्रथम भएको छ । त्यस्तै आन्तरिक राजश्व कार्यालयका सुब्बा विशाल काफ्लेको निवन्ध दोस्रो भएको छ । प्रथम पुरस्कार पाउने बजगाइँले पाँच हजार र दोस्रो पुरस्कार पाउने काफ्लेले तीन हजार नगद पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सरुवा भएर झापा आएका र विदाइ भएर अन्यत्र जाने कर्मचारीलाई स्वागत तथा विदाइ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले झापामा निजामती कर्मचारीको सेवा उत्कृष्ट रहेको बताउनुभयो । बाइट झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कानुनलाई निष्पक्ष रुपमा कार्यान्वयन गर्ने जिम्मावारी निजामती सेवाको रहेको बताउनुभयो । तर निजामती सेवामा भएका कमी कमजोरीलाई सुधारेर लैजानुपर्ने आज आवश्यकता रहेको उहाँको भनाइ थियो । बाइट सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले निजामती कर्मचारी ज्याद 'रियाक्टिभ' हुने गरेका कारण 'प्रोएक्टिभ' काम गर्न ध्यान नगएको बताउनुभयो । बाइट कार्यक्रम निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मधु पोखरेलले गर्नुभएको थियो ।
सम्बन्धित खबर