बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन

शुक्रवार, भदौ २२, २०८०
बिर्तमोड  । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ । विर्तामोड नगरपालिका–२ निवासी शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो । समितिको उपाध्यक्षमा मुना खड्का, सचिवमा अनिता रेग्मी एवं सदस्यहरुमा बविता खड्का, एलिसा कटुवाललगायत ७ जना रहेका छन् । खड्का यसअघि महिला हिंसा न्युनिकरणका लागि कार्यरत संस्था मेची–महाकाली बुहारी संयुक्त आवाजको संस्थापक झापा अध्यक्ष हुनुहुन्थ्यो । महिलाहरुको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्य, महिला हक, अधिकार र संरक्षण एवं सामाजिक सरोकारका विषयमा कार्य गर्ने संस्थाको उद्देश्य रहेको अध्यक्ष खड्काले बताइन् । उनका अनुसार संस्थाको साधारणसभा ६ महिनाभित्रमा सम्पन्न गरी कार्यकारी समिति गठन हुनेछ ।
सम्बन्धित खबर