शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

नेपाल महिला संघ गौरादहको संयुक्त आयोजनामा शुक्रबारबाट तीनदिने उद्घोषण तालिम शुरु

आइतवार, भदौ १०, २०८०
गौरादह । नेपाली कांग्रेस गौरादह नगर समितिको नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा वी.पी. स्मृति भवन गौरादहमा नगरसम्मेलन सम्पन्न भएको हो । सम्मेलनका क्रममा नगर सभापति गोपाल कोइरालाले पार्टीले हालसम्म गरेका कार्यप्रगति र भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि थेवे, पार्टी प्रतिनिधि एवं उपसभापति शेरबहादुर भट्टराई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, ५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । लक्ष्मी बाह्रकोटी प्रसाईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगर सचिव माधव कोइरालाले गर्नुभएको थियो । यसैबीच नगर समिति एवं नेपाल महिला संघ गौरादहको संयुक्त आयोजनामा शुक्रबारबाट तीनदिने उद्घोषण तालिम शुरु भएको छ । एकसय जना सहभागी तालिममा प्रशिक्षक विरेन्द्र शाहले प्रशिक्षण दिनुहुने र सहजीकरण नेपाल प्रेस युनियन झापाका सभापति गिरिराज भट्टराईले गर्ने बताइएको छ ।
सम्बन्धित खबर