बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

हिन्दुवादीहरूलाई धरान जानबाट प्रहरीले रोक लगाएपछि

शनिवार, भदौ ९, २०८०
झापा हिन्दुवादीहरूलाई धरान जानबाट प्रहरीले रोक लगाएपछि हिन्दु धर्मगुरु सम्मिलित समूहले पूर्व(पश्चिम राजमार्ग अवरोध गरेका छन्। झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपाने क्षेत्र, कन्काई नगरपालिका बीचको सीमामा बीच सडकमै धर्ना बसेर उनीहरूले सडक अवरोध गरेका हुन्। प्रशासनको धरान जान नदिने कदम भर्त्सनायोग्य भएको एक धर्मागुरु लक्ष्मीप्रसाद खतिवडाले बताउनुभयो। आफूहरू कुनै हिंसात्मक कार्यक्रममा सहभागी हुन नभइ शान्तिपूर्ण र्‍यालीमा सहभागी हुन धरान जान लागेको तर प्रशासनले अवरोध गरेपछि आफूहरू बाध्य भएर सडक अवरोध गरेको उहाँको भनाइ छ।
सम्बन्धित खबर