बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोडमा बुसान सिटी कोरियन भाषा प्रशिक्षण केन्द्र सञ्चालनमा

बिहिवार, भदौ ७, २०८०
बिर्तामोड–४ स्थित भद्रपुर रोडमा बुसान सिटी कोरियन भाषा प्रशिक्षण केन्द्र बिहीबार देखि सञ्चालनमा आएको छ । उक्त केन्द्रको कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गर्नु भएको हो । ५ बर्ष कोरिया बसाईपछि २ बर्ष काठमाडौंमा कोरियन भाषा प्रशिक्षण गर्दै अनुभव हाँसिल गर्नु भएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य राख्नु भयो । प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने जनाईएको छ । यसका साथै सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने, अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने जनाईएको छ । साथै विपन्न वर्गका लागि छुट, अतिविपन्न नागरिकहरुका लागि पुर्ण निशुल्क कक्षा सञ्चालन गरिने सञ्चालक राईले जानकारी दिनुभयो ।
सम्बन्धित खबर