बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेसले गाउँ तथा नगर सम्मेलनलाई दियो तिब्रता

आइतवार, भदौ ३, २०८०
विर्तामोड ३ भदौ । झापाका अधिकांश वडाको सम्मेलन सम्पन्न गरेको नेपाली कांग्रेसले गाउँ तथा नगर सम्मेलनलाई तिब्रता दिएको छ । पार्टी संगठनलाई क्रियाशील बनाउँदै सबै तहले  हालसम्म गरेका गतिविधिहरुको समीक्षा एवं आ–आफ्नो बार्षिक योजना प्रस्तुतीसहित गाउँ तथा नगर सम्मेलनलाई निरन्तरता दिइएको हो । यसैक्रममा कचनकबल, कमल, बाह्रदशी, भद्रपुर र शिवसताक्षी नगरपालिकाको सम्मेलन सम्पन्न भएको छ भने अर्जुनधारा नगरपालिकाको सम्मेलन सोमबार हुँदैछ । यसै क्रममा नेपाली कांग्रेस बाह्रदशी गाउँ समितिले गाउँ सम्मेलन सम्पन्न गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँ सभापति इन्द्रबहादुर बस्नेतले पार्टीको बार्षिक योजना एवं प्रगति समेटिएको  प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव दयानन्द गोश्वामी र भगिरथ पोद्धार, जिल्ला सदस्य लेखराज सुवेदी, नेपाल तरुण दल केन्द्रीय सदस्य श्याम सिटौला, क्षेत्रीय सचिव भुपाल बस्नेत, प्रदेश क्षेत्रीय सभापति तुलसी ओली, लगायतले शुभकामका मन्तब्य राख्नुभएको थियो । राजगढको आदिबासी÷जनजाति सामुदायिक भवनमा सम्पन्न गाउँ सम्मेलनमा साविक चकचकी, डाँगीबारी र राजगढ गाउँ समितिका पार्टीका पूर्व सभापतिहरु लक्ष्मीप्रसाद उप्रेती,  धनपति उप्रेती, खेमलाल गौतम लगायत प्रजातान्त्रिक आन्दोलनका अगुवा १८ जनालाई सम्मान गरिएको थियो । जिल्ला सदस्यहरु प्रेम बस्नेत, महेश झा, गंगा सुढी, सैरुदिन मिया, महाधिवेशन प्रतिनिधिहरु रामप्रसाद दुलाल, कृष्णकली राजवंशी लगायत क्षेत्र, प्रदेश क्षेत्रीय समितिका पदाधिकारी÷सदस्य, क्षेत्रीय प्रतिनिधिहरु, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत पञ्चानन राजवंशी र सञ्चालन दिनेश थापाले गर्नुभएको थियो । कार्यक्रम सभापति बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी नेपाली कांग्रेस भद्रपुर नगरसमितिले पनि नगर सम्मेलन सम्पन्न गरेको छ । कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरु केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सभापति देउकुमार थेवे, भद्रपुर नगरपालिकाका प्रमुख एवं पार्टीका क्षेत्रीय सभापति गणेश पोखरेल, महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, तरुण दल केन्द्रीय सदस्य श्याम सिटौला, नेपाल महिला संघ जिल्ला सभापति टिकादेवी मैनाली लगायतले शुभकामना मन्तब्य राख्नुभयो । पार्टीका नगर सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति रमेशचन्द्र झा र सञ्चालन सचिव अनिता रिजालले गर्नुभएको थियो ।
सम्बन्धित खबर