बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

इटहरीस्थित कुबेर एण्ड सन्स ट्रेड प्रालिका सञ्चालक जेपी घिमिरे बीमा कम्पनीको ठगीमा

बुधवार, साउन ३१, २०८०
बिर्तामोड । इटहरीस्थित कुबेर एण्ड सन्स ट्रेड प्रालिका सञ्चालक जेपी घिमिरे बीमा कम्पनीको ठगीमा पर्नुभएको छ । लुम्बिनी इन्स्योरेन्स कम्पनीबाट दुईवटा गोदामको ७ करोडको बीमा गराएकोमा एउटा गोदामको दुई करोड र अर्को गोदामको पाँच करोडको बीमा गराएको घिमिरेले बताउनुभयो । २०७९ साल असार १४ गते भीषण पानी परेपछि ट्याङ्ग्रा खोला गोदाममा पसेर दुई करोडको बिमा गराएको गोदाममा पूर्ण क्षति पुगेको थियो । उक्त गोदाममा ४६ लाख रुपैयाँभन्दा बढीको सामान पूर्ण रुपमा नष्ट भएको थियो । तर बीमा कम्पनीसँग क्षतिपूर्तिको दावी गर्दा ८ लाख ४५ हजार रुपैयाँमात्र दिन खोजेको घिमिरेले गुनासो गर्नुभएको छ । आफूले पैसा लिन नमानेपछि बीमा कम्पनीले थप एक लाख रुपैयाँ दिने भन्दै बार्गेनिङ गरेको उहाँले वताउनुभयो । २०७९ साल असारको बाढीले क्षति गरेपछि बीमा दावीका लागि उनले तत्काल सबै प्रक्रिया पूरा गरेर बुझाए पनि कम्पनीले २०८० वैशाखमा मात्र दावी फर्स्यौट पूर्जा तयार पारेको थियो । तर अहिलेसम्म पनि कम्पनीले उही ८ लाख ४५ हजार र पछाडी थपिदिने भनेको एक लाखको चेक लिन आफूलाई दबाब दिइरहेको घिमिरेले बताउनु भएको छ । सलिको इन्स्योरेन्स कम्पनी इटहरी शाखाका शाखा प्रमुख अर्जुन पौडेलले भने केन्द्रको आदेशमा चल्नु पर्ने बताए । केन्द्रीय कार्यलयबाट खटिएको अनुगम टोलीले घटनाको अनुसन्धान गरेपछि उनीहरुको प्रतिवेदनअनुसार बिमितलाई बिमाङ्क उपलब्ध गराउनु पर्ने प्रावधान रहेकाले यस विषयमा शाखा कार्यलयको कुनै हक नहुने उहाँले वताउनुभयो । बिमितलाई ८ लाख ४५ हजार बिमाङ्क उपलब्ध गराउनुको कारण सहितको प्रतिबेदन केन्द्रीय कार्यलयले पठाएपछि जानकारी गराइने शाखा प्रमुख पौडेलले बताउनुभयो ।
सम्बन्धित खबर