बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिका वडा नम्बर ५ देखि डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु

आइतवार, साउन २८, २०८०
बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ ।
नगरपालिकाले आज (शनिबार) वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र  लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गकिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले जानकारी दिनु भयो ।
विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विस्टले जानकारी दिनुभयो ।विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२  जना प्राविधिक गरि १४ जना खटिएका छन् ।
बिर्तामोडमा शुक्रबारसम्मको तथ्यांक अनुसार ९० जनामा डेंगु संक्रमण भएको नगरका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिनुभयो ।डेंगुकोकारण २ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर