बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा थालेको आन्तरिक विशेष अभियान झापामा

बिहिवार, साउन २५, २०८०
शनिश्चरे २५ साउन । कांग्रेस केन्द्रीय समितिले देशभरका ७७ वटै जिल्लामा थालेको आन्तरिक विशेष अभियान अन्तर्गत झापाका २ वटा क्षेत्रमा कार्यक्रम सम्पन्न भएका छन् । अभियान अन्तर्गत आज झापा क्षेत्र नं–२ को प्रदेशसभा क, ख र क्षेत्रीयस्तरको कार्यक्रम सम्पन्न भएको हो । यसैक्रममा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति झापा क्षेत्र नं–२ ख को आयोजनामा अर्जुनधारा नगर पार्टी कार्यालयमा आन्तरिक विशेष अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, प्रचार विभाग प्रमुख एवं झापाका लागि प्रतिनिधि मीन विश्वकर्माले पार्टीलाई विधान बमोजिम सञ्चालन गरेर समस्यामुक्त बनाउन विभिन्न तहगत समितिहरुलाई आग्रह गर्नुभयो । केन्द्रका निर्णयहरु कार्यकर्ता एवं जनसमक्ष पु¥याउन अभियान थालिएको बताउँदै उहाँले आन्तरिक अभियान सम्पन्न भएपश्चात युवासँग कांग्रेस र समूदायमा कांग्रेस अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । प्रदेशसभा क्षेत्रीय सभापति किरण श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा कोशी प्रदेश प्रतिनिधिहरु उत्तम चम्लागाई , रञ्जिता कार्की र राजकुमार बराइली, जिल्ला सचिव कृष्ण हुमागाई, जिल्ला सदस्यहरु टंक विश्वकर्मा, लिला ढकाल, भोलानाथ बराल, पम्फा वि.क, महाधिवेशन प्रतिनिधि सिता पौडेल, क्षेत्रीय सचिव चन्द्र चुडाल, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रदेशसभा सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन डिल्लीराम सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट इन्दिबरसिंह खड्का, हरिप्रसाद ओझा, मदन थापा, गोकुल पौडेल, भक्ति सिटौला, मिनु ओली, जीवनकुमार पोखरेल, मनिस दाहाल, जयकुमार दाहाल, नरहरी चापागाई, लिला ढकाल, रुद्र चापागाई, कृष्ण पौडेल, नारायण पौडेल, खेम काफ्ले, भोलानाथ बराललगायतले आ–आफ्ना जिज्ञाशा राख्नुभएको थियो ।
सम्बन्धित खबर