बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिकामा पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु

आइतवार, साउन २१, २०८०
बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आजवडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वकोखोप लगाउन सुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । सवै वडाका कृषकहरुकोघर घरमापुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिञ्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ ।१५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछि तथा मत्स्य विकाश शाखाले जनाएको छ । लम्कि स्किनरोग विरुद्व खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १०का वडाअध्यक्ष दूर्योधन गुरुङ्गले ‘लम्कि स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताउनु भयो । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उहाँले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । वडाअध्यक्ष गुरुङ्गले आफुले नै ५ सय ६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्स्नि लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताउनु भयो । बिर्तामोडमा लम्कि स्किनकाकारण २ हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।
सम्बन्धित खबर