बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८०

मङ्गलवार, साउन १६, २०८०
नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम - २०८० ’ कार्यक्रम सातै प्रदेशमा आयोजना गरेको छ । संघले संघमा आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि, उद्योगी व्यवसायीहरुलाई आ आफ्नो व्यवसाय मार्फत देशको कृषि उत्पादन वृद्धि गराउन सहयोग पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सम्बन्धि विज्ञद्वारा कृषि औजार प्रविधी तथा मल विउ विजनको वारेमा आवश्यक जानकारी दिँदै स्थानिय विक्रेता, उद्योगी व्यवसायीहरुलाई कृषि र पशुपालन व्यवसायसँग जोडीएका नयाँ प्रविधी उत्पादन, वस्तुको गुणस्तर मूल्य लगायतका विषयमा सुसुचित गराउनको लागि उक्त कार्यक्रमको गर्न लागेको संघले जनाएको छ । साथै स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयातकर्ताहरुको प्रत्यक्ष भेट गराई आवश्यक प्रविधिको जानकारी गराउने उद्देश्यले सातै प्रदेशका व्यवसायीहरुलाई समेट्ने गरी संघले आयोजना गरेको हरेक प्रदेशका स्थानिय व्यवसायीहरुलाई १ / १ दिने अभिमुखीकरण कार्यक्रम नेपाली कृषि उद्योगीहरुको लागि कोशि ढुङ्गा सावित हुने छ भन्ने विश्वास गरेको छ कार्यक्रम हुने स्थान र मिति निम्नानुसार छन् ; १. कोशी प्रदेश : कृषि अनुसन्धान निर्देशनालय, तरहरामा साउन १९ गते २. मधेश प्रदेश : एग्रिकल्चर मेशिनरी टेस्टिङ सेन्टर, नवलपुर, सर्लाहीमा साउन २१ गते ३. वाग्मती प्रदेश : तारापुञ्ज रिसोर्ट प्रा.लि., भरतपुर चितवनमा साउन २३ गते ४. गण्डकी प्रदेश :  कृषि विकास निर्देशनालय सभा हल, मालेपाटन, पोखरा कास्कीमा साउन २५ गते ५. लुम्बिनी प्रदेश : कृषि विकास बैंक, पश्चिमान्चल क्षेत्रीय तालिम केन्द्र, मङ्गलापुरमा साउन २७ गते ६. कर्णली प्रदेश : कृषि तथा पशुपन्छि व्यवसाय पर्वद्धन परिक्षण केन्द्र, सुर्खेतमा साउन २९ ७. सुदुर पश्चिम प्रदेश : पशु सेवा तालिम केन्द्र धनगडी, कैलालीमा साउन ३१ गते कृषि मेशिनरी प्रविधी व्यवसायसँग सम्बन्धित व्यवसायीहरुलाई संगठित गराउँदै सेवाको दायरा र गुणस्तर बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । कार्यक्रमहरू : १. उद्घाटन सत्रमा प्रत्येक प्रदेशका माननिय कृषिमन्त्री, कृषि सचिव र सम्बन्धित प्रदेशका कृषि तथा पशु कार्यालयका प्रमुख र अधिकृतहरू २. कर सम्बन्धि अभिमुखीकरण तालिम सम्बन्धित प्रदेशबाट उपस्थित हुनुहुने आन्तरीक राजश्व कार्यालयका कर अधिकृत । ३. कृषि प्रविधी र यान्त्रीकरणमा भएका नविनतमा उपलब्धीहहरूको प्रस्तुती डा.ई. जीत चन्द्र ४. सहभागिता हुनुहुने व्यवसायी तथा उद्योगीहरू : प्रत्येक प्रदेशका स्थानीय व्यवसायीहरू कम्तिमा १०० जना ५. कार्यक्रम मुख्य प्रायोजक र प्रादेशिक प्रायोजकद्वारा आफूसँग उपलब्ध प्रविधीहरुको बारेमा विविध पक्षको जानकारी गराउने र सबै स्थानिय व्यवसायीहरुका बीच आफ्नो आफ्नो स्टलमा विदु वि को लागि छलफल चलाउने । ६. कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो तथा प्रमाण - पत्र प्रधान गरिने कार्यक्रमको मुख्य प्रायोजकहरू ; १. NTS इन्डस्ट्रिज प्रा.लि. २. कुवेर एण्ड सन्स ट्रेड प्रा.लि. ३. एस के टी नेपाल प्रा.लि. ४. NEPCOOL ५. आधुनिक कृषि किसान संसार कार्यक्रमको प्रादेशिक प्रायोजक ; १. मोर्डन एग्रो टेक्नोलोजी २. नारायणी मेशिन्स प्रा.लि. ३. अबिफोट प्रा.लि. ४. नयाँ तुलसी ग्रुप यस कार्यक्रमले आगामी दिनमा कृषि मेशिनरी प्रविधी व्यवसायीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न र भविस्यमा नयाँ प्रविधीको उच्चतम प्रयोग गराउन टेवा पुग्ने छ भन्ने विश्वास संघले लिएको छ । यस कार्यक्रमको माध्यामबाट व्यवसायीहरुले संबन्धित विषयका विज्ञहरुसँग अन्तरकृया, कृषि औजार प्रविधि तथा मल र बीउ - बिजनको बारेमा आवश्यक जानकारी र नयाँ प्रविधिसँग भिज्ने अवसर प्राप्त गर्ने संघले बताएको छ । स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयात कर्ताहरु संगको प्रत्यक्ष भेटले नयाँ आयाम ल्याउने विश्वास रहेको संघले बताएको छ ।
सम्बन्धित खबर