बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भाजु तरकारी तथा फलफूल बजार संचालनमा

बिहिवार, साउन ११, २०८०
२०८०-०४-११ इमाडोल टिकाथलीमा भाजु तरकारी तथा फलफूल बजार संचालनमा ,ललितपुरको इमाडोल टिकाथली क्षेत्रमा भाजु तरकारी तथा फलफुल बजार संचालनमा ल्याइएको छ । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरीगोबिन्द श्रेष्ठले उक्त कृषि बजारको उद्घाटन गरेका हुन् । नगरप्रमुख श्रेष्ठले एक जना व्यक्तीले यसरी कृषि बजार नै संचालनमा ल्याउन खोजेकोमा आँफुलाई निकै खुशी लागेका बताए । बिगतका बर्षहरुमा नगरपालिकाले किसानलाइ उत्पादनमा लगानी त गरेको तर किसानको बजारको समस्या भइरहेको आँफुले समेत महसुस भएको बताए । यो बजार स्थापना भएसंगै किसानको उत्पादनले बजार पाँउने निश्चित भएको र यस बजारमा बिषादी कम भएको र स्वास्थ्यमा असर नपर्ने उत्पादनहरु स्टलमा राखिनुपर्ने सुझाए ।महालक्ष्मी नगरपालिकाकि नगर उप–प्रमुख, लक्ष्मी महर्जनले विभिन्न निति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषि बजारहरुमा सहयोग गरीरहने जानकारी दिइन्, कृषक दाजुभाइ तथा दिदी बहिनीहरुले यसरी कृषि बजार पाइसकेपछि आम्दानी गर्न र आँफुले उत्पादन महत्वपूर्ण संबाहक हुने समेत विश्वस्त दिलाइन् ।महालक्ष्मी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष कपिल केसीले यसरी किसानकै आसपासमा यसरी बजार संचालनमा आँउनुले कृषि र पशु क्षेत्रमा दिएका अनुदान खेर नजाने र यहाँका उत्पादनलाई यो बजारले प्राथमिकतामा राख्नुपर्ने बताए ।भाजु तरकारी तथा फलफुल बजारका प्रमुख संचालक आदि महर्जनले यो बजारले पक्कै किसान र उपभोक्ता दुवैलाई सँगै जोड्ने र यस क्षेत्रका सबै उत्पादनहरुले बजार पाँउने कुरामा आँफु विश्वस्त रहेको बताए । साथै महर्जनले १ महिनाको लागि स्टल चार्ज समेत नलिने भएकोले स्टल राख्नेहरुलाई समेत सहयोग मिल्ने बताए ।
सम्बन्धित खबर