शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

मनोमानी गर्ने वडासचिवलाई कारबाही गर्ने कार्यपालिकाको निर्णयपछि सचिवहरु एकजुट हुँदै, कार्यपालिका निर्णय कार्यान्वयनमा सकस

शनिवार, असार ३०, २०८०
सन्देश रिजाल । बिर्तामोड । समयमा कार्यालय नपुग्ने साथै समयभर कार्यालय नबस्ने वडा सचिवलाई कारबाही गर्ने कार्यपालिकाको निर्णयपछि बिर्तामोड नगरपालिकाका वडासचिवहरु एकजुट भएका छन् । १० वटै वडाका सचिवहरुले विर्तामोड नगरपालिका वडा नं. ५ मा काम गर्न नजाने भन्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जस्ले गर्दा वडामा कार्यरत सचिवहरुको संगठन मनोमानी गर्नमा एकजुट हुने गरेको तथ्य सार्वजनिक भएको छ । सचिवहरुको ध्यानाकर्षण पत्रसँगै विर्तामोड नगरपालिकाका १० वटै वडा वाट सम्पादन हुने योजना तथा कार्यक्रमहरुको कार्यसम्पादन माथिनै आशंका उत्पन्न भएको छ । वडा सचिवको मनोमानीबाट हैरानी खेप्नुभएका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाई नगरपालिकाको कार्यालय परिसरबाटै सेवा प्रवाह गर्दै आन्दोलनमा रहनुभएको थियो । समयमा कार्यालयमा दैनिक अनुपस्थित रहने, वडाको काम सम्पादनमा असहयोग गर्ने वडासचिव विमल पोखरेललाई कार्यालयमा रहेर काम गरेको समयको हिसावमा पारिश्रमिक दिएर बाँकी रकम नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने माग माग गर्दै वडाध्यक्ष प्रसाईले नगरपालिकाबाटै सेवा प्रवाह गर्दै आन्दोलन शुरु गर्नुभएको थियो । कार्यपालिकाको निर्णय नमान्दै ध्यानाकर्षण पत्रको प्रयोग गरेर कार्यपालिकाको निर्णयको संगठित सचिवहरुले धज्जी उडाएका छन् । कार्यालय समयमा सचिव अनुपस्थित हुँदा जनतालाई वडाबाट दिइने सेवा प्रवाहमा हैरानी खेप्नु भएका वडाध्यक्ष प्रसाईले पटक पटक ध्यानाकर्षण गराएका गराउनु भएको थियो । तर, सुरु अवस्थामा नगरपालिकाले सुनुवाइ नगरेपछि माग सुनुवाइका लागि दबाब दिने उद्धेश्यले प्रसाई आन्दोलित बन्नुभएको थियो । अध्यक्ष प्रसाईले कार्यसम्पादनमा समय दिन नसक्ने साथै मनोमानी ढंगले कार्यालय नबस्ने कर्मचारीलाई कार्वाहिको मात्र माग गर्नु भएको थिएन, इमान्दार कर्मचारीलाई पुरस्कृत गर्दै थप सेवा सुविधा बढाउनु पर्ने समेत प्रसाईको माग रहेको थियो । सचिवहरुको ध्यानाकर्षण पत्रले नगरपालिका भित्रका १० वटै वडाको कार्यसम्पादनमाथि प्रश्न चिन्ह खडा भएको छ । योसँगै स्थानीय सरकार अर्थात विर्तामोड नगर कार्यपालिकाबाट भएको निर्णयको कार्यान्वयन कसरी हुन्छ ? आम नागरिकहरुले नियालिरहेको जानकारहरु बताउँछन् ।
सम्बन्धित खबर