बुधवार, असोज ३०, २०८१
Sancharmanch

वर्ने परिसरमा भाईरल शिरिष परिसर सजाउदै बुद्धशान्ति गाउँपालिका

शनिवार, असार ३०, २०८०
बुद्धशान्ति गाउँपालिकाको सकृयतामा वर्ने चिया कमानको परिसरमा शुक्रबार बृक्षारोपण गरीएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित मेची राजमार्ग सँग जोडिएको पछिल्लो समय भाईरल शिरिषको नामले चर्चा कमाएको वर्ने चिया कमानको परिसरमापर्ने राजमार्गको दुबै पट्टि शुक्रबार बृक्षारोपण गरीएको हो । गाउँपालिकाको आयोजनामा वडा नं. ४ स्थित मेची राजमार्ग आसपासमा रहेको बर्ने चिया कमानसंगै भाइरल शिरीषको रुख भएको स्थान वरपर सडकको बिच भागबाट १५ मिटर राजमागृको राइट अफ वे छाडेर सडकको दुवै तर्फ गुल्मोर प्रजातीका विभिन्न रंगका फुल फुल्ने विरुवाहरु, आकर्षक विभिन्न रङ्गका फुल फुल्ने शिरीष ,राजबिक्छे,जाडुल लगायत विरुवा रोपिएको गाउँपालिका प्रमुख मनोज प्रसाईले बताउनु भयो । बृक्षारोपण कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा गाउँपालिकाका सम्पुर्ण कर्मचारी, वडा नं ४, ५, का वडाअध्यक्ष, वडा नं ४ वडा सदस्य दुर्गा पोख्रेल, पुर्व गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, बुधबारे ईलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई ,ससस्त्र प्रहरी, टिमाई सिर्जन सिल युवा समाज लगायत विभिन्न संङ सस्थाका प्रतिनिधी साथै स्थानिय युवाहरूको सहभागितामा वर्ने चिया कमानको परिसरमा बिरुवा रोपीएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईका स्वकिय सचिव गोकुल पौडेलले जानकारी दिनुभयो । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा पालिका क्षेत्र भित्रका पर्यटकिय क्षेत्रहरु, खालि रहेका सरकारी जमिन, पार्क तथा बिद्यालय साथै वडा कार्यालय परिसरमा बृक्षारोपण कार्यलाई प्राथमिकता दिईने प्रमुख प्रसाइले बताउनुभयो । जिल्ला डिभिजन वनकार्यलय बाट उपलब्द हुने ६५० बिरुवा रोपण गर्ने कार्यक्रम रहेको समेत पालिका अध्यक्ष प्रसाईले जानकारी दिनुभयो ।अध्यक्ष प्रसाइले भन्नुभयो “बिरुवा रोपेर मात्र हुँदैन, बिरुवा संरक्षण गरेर हुर्काउनु पर्छ त्यसैले स्थानिय नागरिकहरुले यसको संरक्षण र रेखदेख गर्न अनुरोध गर्दछु ।” विरुवा संरक्षणका निम्ति शनिवार देखी गाउँपालिकाको सृजनशिल युवा समाजको अगुवाइमा रोपिएका विरुवाको वरिपरि बार लगाउने कार्य हुने बताइएकोछ।
सम्बन्धित खबर