शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

वडा अध्यक्ष रोहित प्रसाईको आन्दोलनले पायो सफलता, वडासचिवलाई सरुवा गर्ने कार्यपालिकाको निर्णय

बिहिवार, असार २८, २०८०
प्रतिक अर्याल/बिर्तामोड ।  बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले बिर्तामोड नगरपालिका वडा नं ५ का वडासचिव विमल पोखरेललाई सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले पोखरेललाई सरुवा गर्ने निर्णय गरेको हो । कार्यालय समयमा नआउने वडासचिवको सरुवा गर्ने बिर्तामोड नगर कार्यपालिकाको निर्णयसँगै विर्तामोड नगरपालिका वडा नं ५ मा वडासचिवको कारणबाट सिर्जना भएको बेथिती अन्त्य हुने भएको छ । कार्यपालिका बैठकले वडासचिव पोखरेलमाथि छानविन गरि कारबाहीको प्रक्रिया अगाडि बढाउने साथै उनी अनुपस्थित रहेको कार्यालय समयको सेवा सुविधा कट्टा गर्ने कार्यपालिका बैठकले निर्णय गरेको बताइएको छ । वडासचिव पोखरेल कार्यालयमा १ घण्टादेखि बढीमा ४ घण्टा मात्र कार्यालय बस्ने गरेको तथ्य इ–हाजिरी रेकर्डमा देखिएको छ ।
सम्बन्धित खबर