शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सचिवले हैरानी दिए पछि वडा अध्यक्ष रोहित प्रसाई आन्दोलनमा

बुधवार, असार २७, २०८०
शन्देस रिजाल । बिर्तामोड । विर्तामोड नगरपालिका वडा नं. ५ मा कार्यरत वडा सचिवको मनोमानी हैरानी खेप्नुभएका वडा अध्यक्ष रोहित प्रसाई नगरपालिकाको कार्यालय परिसर वाटै सेवा प्रभाह गर्दै आन्दोलनमा रहनुभएको छ । समयमा कार्यालयमा दैनिक अनुपस्थित रहि वडाको काम सम्पादनमा असहयोग गर्ने वडासचिवलाई कार्यालयमा रहेर काम गरेको समयको हिसावमा पारिश्रमिक दिएर बाँकी रकम नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने माग माग गर्दै बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईले नगरपालिका वाटै सेवा प्रभाह गर्दै आन्दोलन शुरु गर्नुभएको हो । कार्यालय समयमा सचिव अनुपस्थित हुँदा जनतालाई वडाबाट दिइने सेवा प्रवाहमा हैरानी खेप्नु भएका वडाध्यक्ष प्रसाईले पटक पटक ध्यानाकर्षण गराएका गराउनु भएको थियो । तर, नगरपालिकाले सुनुवाई नगरेपछि माग सुनुवाईका लागि दबाब दिने उद्देश्यले प्रसाईले नगरपालिकाबाटै सेवा प्रवाह शुरु गर्दै आन्तोलन सुरु गर्नु भएको हो । नगर कार्यपालिकाको भवनको बाहिरी परिषरमा एउटा टेवल राखेर सेवा प्रवाह सुरु गर्नु भएका प्रसाईले भन्नु भयो–‘२०७९ साल भदौ महिनादेखि बिर्तामोड नगरपालिका वडा नं.–५ ले विद्युतीय हाजिरी सिष्टम लागू गरेको थियो । त्यसयता कुनै पनि दिन वडा सचिव कार्यालय समयमा आइनपुग्ने र समयसम्म नबसेको पाइएको छ ।’ त्यसै गरी उहाँले भन्नुभयो ‘सचिवका कारण सेवा प्रवाहमा समस्या भएपछि पटक पटक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएन, जम्मा मेरो दुईवटा मात्रै माग हो, उहाँले काम गरेको अवधीको पारिश्रमिक दिनुपर्छ र बाँकी तलब कट्टा गरी नगरपालिकाको खातामा जम्मा गरिनुपर्छ ।’ इ हाँजिरिको रेकर्ड अनुसार वडा सचिव हरेक दिन कार्यालय समय सुरु भएको आधा घण्टा देखि ४ घण्टा ढिलो अफिस आएको देखिएको छ भने अधिकांस दिन ३ देखि ४ घण्टा मात्र सेवा प्रभाह भएको देखिएको छ । यसरी समयमा वडासचिव कार्यालय नआउँदा सेवा प्रवाहमा थुप्रै समस्या झेल्नु परेको वडाध्यक्ष प्रसाईले बताउनु भयो ।
सम्बन्धित खबर