शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

झापामा भब्यरुपमा सम्पन्न भयो ट्राफिक सप्ताह २०८०

सोमवार, असार २५, २०८०
ट्राफिक सप्ताहको पहिलो दिन ट्राफिक सप्ताह २०८० जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा प्रभातफेरी र ट्राफिक सप्ताहको उद्‍घाटन कार्यक्रम गरिएको थियो। सो को क्रममा यस जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी पोष्टहरुले सवारी साधनका चालकहरुलाई पशिक्षण अन्तर्गत सम्पुर्ण सवारी साधन सडकको बाँया किनाराबाट चलाउनु पर्ने, लेन अनुशासनको पालना गर्नु पर्ने, तिब्रगतिमा सवारी नचलाउने, ओभरटेक गर्दा ध्यान दिनुपर्ने, आफ्नो सवारी साधन दुरुस्त राख्नु पर्ने जस्ता कुराहरु ट्राफिक सचेतना मार्फत  ५०० जनाई प्रशिक्षण दिएको थियो। ट्राफिक सप्ताहको दोस्रो दिन तिब्रगती नियन्त्रण तथा पार्किङ निषेध सम्बन्धि जस्तै पैदलयात्रुहरुलाई सुरक्षित सडक प्रयोग, जेब्राक्रस तथा सडक पेटीको प्रयोग तथा चालकहरुलाई जेब्राक्रसमा सवारी चलाउदा सावाधानी सम्बन्धमा आवश्यक प्रशिक्षण संचालन गरिएको थियो सोको लाभान्वित संख्या १५२५ रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जाानकारी दिएको छ । ट्राफिक सप्ताहको तेस्रो दिन मोटरसाईकल चालकलाई प्रशिक्षण तथा लेन अनुशासनको पालना अन्तर्गत बिभिन्न बिद्यालय, कलेजमा अध्ययनरत छात्रर छात्राहरुलाई प्रशिक्षण दिईएको फुटपाथ सडक अतिक्रमण गरी राखिएका सामाग्रीहरु हटाउन लगाईएको, सडकमा रहेका खाल्टा खुल्टीलाई सरोकारवाला नियकायहरुको सहकार्यमा पुर्न तथा मर्मत गर्न लगाईएको गाउँमा गाउँमा ट्राफिक प्रहरी अभियान संचालनको सुरुवात गरी ७०९६ जनालाई मानिसहरुको भिडभाड भएको स्थानमा ट्राफिक सचेतना सम्बन्धि माईकिङ गरिएको साथै सडकको सही प्रयोगको सिद्दान्त सम्बन्धमा प्रशिक्षण दिईएको बताइएको छ । ट्राफिक सप्ताहको चौथो दिन ६१२४ जनालाइअटो, सिटी तथा स्कुल बसलाई प्रशिक्षण डे अन्तर्गत आरक्षण सिट कार्यान्वयन भए नभएको अशक्त हरुलाई सवारि साधनको प्रयोगमा प्राथमिकता दिए नदिएको बढी भाडा लिएको नलिएको आदी कुराहरु चेकजाँच तथा अनुगमन गरिएको छ । ट्राफिक सप्ताहको पाचौ दिन २१२४ जनालाई चालकको स्वास्थ्य र सवारीको चेकजाँच डे अन्तर्गत सवारी चालकहरुको स्वास्थ्य प्ररिक्षण गरिएको, सवारीको मेकानिकल चेकजाँच गरिएको, सवारीमा राखिएका झल्लर, स्टिकर, सोलोगन प्रेशर हर्न आदी ईत्यादी हटाईएको थियो । ट्राफिक सप्ताहको छैठौ दिन मा.प.से. तथा ला.प.से. चेकजाँच डे अन्तर्गत यस कार्यालय अन्तर्गतको काकडभिट्टा भन्ने स्थानमा उद्‍घाटन गरी बिभिन्न सवारी साधनका ६४९८ जना चालकहरुलाई ला.प.से. चेकजाच गरी चेक गरिएका ५ जना मध्ये ३ जनालाई पोजेटिभ देखीएको उक्त पोजेटिभ देखिएकालाई कानूनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काकडभीट्टा पठाईएको थियो । ट्राफिक सप्ताहको सातौ दिन अर्थात अन्तिम दिन अन्तरक्रिया समिक्षा तथा समापन डे अन्तर्गत स्थानिय निकायका पदाधिकारी यातायात व्यवसायीका पदाधीकारी, बिभिन्न संघसंस्था संचारकर्मीहरुको उपस्थितीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको थियो। त्यसैगरी जिल्ला ट्राफिक प्रहरी बिर्तामोड झापा साथै मातहत प्रहरी पोष्ट समेतले ट्राफिक सम्बन्धि सचेतनाका पर्चा पम्लेटहरु ६००० थान सडक प्रयोगकर्ता, सवारी चालक, तथा आम जनमासमा बितरण गरिएको साथै सवारी साधनहरुमा स्टिकर  ६०० थान टाँस गरिएको जिल्ला ट्राफिक प्रहरी बिर्तामोड झापाले तयारपारेको प्रतिबेदनमा उल्लेख गरिएको छ।
सम्बन्धित खबर