बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–४ को वडा भेला सम्पन्न

आइतवार, असार २४, २०८०
बिर्तामोड २४ असार । नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–४ को वडा भेला सम्पन्न भएको छ ।
विर्तामोडको आदर्श ब्याङ्कवेटमा सम्पन्न वडा भेलामा पार्टी संगठन सक्रिय बनाउन टोल समितिलाई सक्रिय बनाउने, भातृ तथा शुभेच्छुक संघसंस्थाबीच सहकार्य गर्ने, पार्टीमा सक्रियता एवं सामाजिक क्षेत्रको योगदानका आधारमा स्थानीय पालिका एवं वडामा जनप्रतिनिधि बन्न सिफारिस गर्ने, क्रियाशील सदस्य एवं मतदाताको शुक्ष्म अध्ययन लगायतको बिषयमा छलफल भएको थियो । वडा सभापति रामप्रसाद पौडेलको सभापतित्व र नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला सदस्य एवं प्रतिनिधि सुरेश बंशल, घनश्याम चौधरी, युवराज दाहाल, महाधिवेशन प्रतिनिधि भुमादेवी घिमिरे, मञ्जु ओली, गंगा शिवाकोटी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य देवीप्रसाद घिमिरे, अधिवेशन प्रतिनिधि जयकुमार दाहाल, यादवकुमार ओली लगायतका १५० बढी वडा सदस्यहरुको सहभागिता रहेको थियो । नवीन सिटौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव चन्द्र तिम्सिनाले गर्नुभएको थियो ।
सम्बन्धित खबर