बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोइलाबास भन्सार चालु आथिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल

आइतवार, असार २४, २०८०
दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आथिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो । जेठ मसान्तसम्ममा ८३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका भन्सार संकेत निरीक्षक वशन्त रजौरेले जानकारी दिनुभयो । आर्थिक वर्ष सकिन अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने पनि उहाँले बताउनुभयो । सबैभन्दा बढी पुष र जेठ महिनामा १५ लाख राजस्व संकलन भएको छ । पुष र जेठ महिनामा स्वर्गद्धारी जाने भारतीय पर्यटक बढी आउनुभएकाले राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ । कोइलाबास नाकाबाट विशेषगरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व उठाउने गरिन्छ । दाङको एक मात्र नाका कोइलावास भन्सार कार्यालयमा इन्टरनेटको समस्याका कारण भन्सारको काम लिखित रुपमै हुने गरेको छ । यस्तै कोइलाबासबाट गढवा–लमहीसम्मको सडकमा घुम्ती भएकाले ठूला गाडी आवागमनमा समस्या हुदै आएको छ ।
सम्बन्धित खबर