बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रधानमन्त्रीको राजीनामा माग गर्दै आइतबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध

आइतवार, असार २४, २०८०
प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेकपा एमालेले गरेको विरोधका कारण आइतबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ । आइतबार बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर आघात पुगेकाले राजीनामा माग गर्दै उठेर विरोध जनाएका थिए । एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै रहने बताउनुभयो । उहाले प्रधानमन्त्रीले राष्ट्रियताको विषयमा धावा बोलेको र भारतलाई सरकार बनाउनको लागि खुला रूपमा आमन्त्रण गरेको जिकिर गर्नुभयो । न्यौपानेले प्रधामन्त्रीको बहिर्गमन नभएसम्म विरोध कायमै रहको उल्लेख गर्नुभयो । सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर एमाले सांसदहरुले विरोध कायमै राखेपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सोमबारसम्मका लागि बैठक स्थगीत गर्नुभएको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै सदन अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।  
सम्बन्धित खबर