बुधवार, असोज ३०, २०८१
Sancharmanch

रोविन तामाङप्रति श्रद्धाञ्जली

आइतवार, असार २४, २०८०
गायक तथा अभिनेता रविन तामाङप्रति श्रष्टा, शुभेच्छुक तथा आफन्तजनहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार तामाङको पार्थिव शरीरलाई नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो । श्रद्धाञ्जलीमा सहभागीहरुले तामाङ निधनले क्षति पुगेको बताएका छन् । उनको सम्झनास्वरुप कलाकारहरुले गीत गाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । चर्चित गायक तामाङको गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो ।
सम्बन्धित खबर