बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्ने ।

शनिवार, असार २३, २०८०
बिर्तामोड २३ असार /शन्देस रिजाल / कोशी प्रदेशका मुख्य मन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गर्नुभएको हो । ‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’–थापाले भन्नुभयो–‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’ विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राख्नुभयो । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको  उपलब्धी भएको उहाँको भनाइ थियो । उपस्थित सम्पूर्णलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि , पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर