शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन

बुधवार, असार २०, २०८०
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय तामाङको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा निधन भएको जनाईको छ । रोविनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भए पछि खबर सार्वजनिक भएको हो । उहाँको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उहाँको सिंगापुरमा जन्मनुभएको थियो । सिंगापुरमै अध्ययन गरेका उहाँ बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्याण्ड डीप पर्पलबाट प्रेरित भएको विभिन्न अन्तवार्ताका क्रममा भन्ने गर्नुहुन्थ्यो । १९९६ मा नेपाल आएका रोविनले लुजा ब्यान्डमा रहेर आफ्नो सांगीतिक करियर अघि बढाउनु भएका तामाङले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गर्नु भएको थियो । सन् २००५ मा पुरानो समूह विघटन भएपछि उहाँले ‘रोविन एन्ड न्यु रिभोलुसन’ ब्याण्ड स्थापना गर्नुभएको थियो । ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता रोविनका गीत युवामाझ चर्चित छन् । त्यसै गरी उहाँले ‘जय पर्शुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा खलनायकको भूमिका पनि प्रस्तुत गर्नु भएको छ ।
सम्बन्धित खबर