बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवाश मार्गमा ढल निर्माणको पहल सुरु

शुक्रवार, असार ८, २०८०
बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवाश मार्गमा ढल निर्माणको पहल अगाडी बढाउन समिति निर्माण गरीएको छ । बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि पहल समिति निर्माण गरीएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई सहित गरीएको अनुगमनमा अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरीएको हो । समितिको सदस्यहरुमा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाई, अर्जुनधारा ६ का वडाअध्यक्ष  हरिषचन्द्र बाँस्तोला , गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बु, विर बहादुर राई र टेकराज सुव्वा रहनु भएको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले वर्खामा डुवानको समस्या रहंदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकरात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताउनु भयो । बिर्तामोड वस पार्क देखि माथिल्लो यस क्षेत्रमा डुवानको समस्या वर्षौं देखि छ ।
सम्बन्धित खबर