बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विश्व अभिभावक दिवसको अवसरमा अर्जुनधारा ७ ले गर्यो, घर घर पुगेर जेष्ठ नागरिकलाई सामग्री वितरण

बिहिवार, जेठ १८, २०८०
झापाको अर्जुनधारा नगरपालिक वडा नम्बर ७ ले जेष्ठ नागरिकहरुलाई सहायता सामग्री वितरण गरेको छ । विश्व अभिभावक दिवसको अवसर पारेर वडामा रहेका असाहाय जेष्ठ नागरिकलाई सामग्री वितरण गरिएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाले विनियोजन गरेको ५० हजार रकमबाट समाग्री खरिद गरेर वितरण गरिएको वडासचिव सस्मिता लुइटेलको भनाइ छ । आर्थिक रुपले विपन्न रहेका असाहाय जेष्ठ नागरिकहरुको घर घर पुगेर सामग्री वितरण गरिएको उहाँले बताउनु भयो । वडाले छुट्याएको थोरै बजेटले औपचारिक कार्यक्रम गर्न नपुग्ने भएकोले नागरिकको घर घरमै पुगेर सामग्री वितरण गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले बताउनु भयो । जसमा ८ जना असाहाय जेष्ठनागरिकलाई वाकर, दिशापिशाव गर्न असहज हुने जेष्ठ नागरिक १५ जनालाई पेना भएको कुर्सी (कमट चेयर) र ३५ जना जेष्ठ नागरिकलाई लौरो वितरण गरिएको उहाँले प्रष्ट पार्नु भयो । आजबाट सुरु गरिएको सामग्री वितरण कार्यक्रम भोलिसम्म चल्ने छ । वडाको यो कार्य प्रशंसनीय र उदाहारणीय बनेको वडाबासीको प्रतिक्रिया रहेको छ । आगामी बर्षहरुमा पनि यी र यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने वडा कार्यलयले जनाएको छ । युवा वडा अध्यक्ष साथै महिला वडा सचिव रहेको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा सानो देखिने तथा महत्वपुर्ण कार्यक्रमहरु सञ्चालन हुनेगरेका छन । ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन भन्दा पनि सानो बजेटले ठूलो प्रतिफल दिन सकिने हुँदा आफूहरुले सहायता सामग्री वितरणको कार्यलाई नै प्राथमिकतामा राखेको वडाध्यक्ष खतिवडाले प्रष्ठ पार्नुभयो। “सीमित बजेटका कारण यसपटक सबैलाई सहायता सामग्री प्रदान गर्न नसके पनि आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं । कार्यालयले वितरण गर्न बाँकी रहेको लौरो, कुर्सी र वाकर शुक्रबार वितरण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा नगर कार्यपालिका सदस्य कौशिलाल परियार, वडा सदस्यहरु जानुका विश्वकर्मा, देवकुमार राई, पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवाल, मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमलप्रसाद गुरगाईं, समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईंलगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर