बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा पाचथर शाखाले पत्रकारका लागि निःशुल्क आँखा जाँच गर्यो

आइतवार, जेठ १४, २०८०
 पाँचथर । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन पाँचथर शाखाले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर शनिबार सम्पन्न गरेको छ । दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्ष्यित गर्दै प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवशरमा शनिबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो ।

प्रेस युनियन पाँचथरले पाँचथर चश्मा घर तथा पाँचथर आँखा क्लिनिकको केन्द्रसँगको सहकार्यमा पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको हो । शिबिरमा ४८ जना आँखा जाँच गराएका छन् । त्यसमध्ये १० पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका पाँचथरले जनाएको छ ।  

‘हामी पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यास्त रहन्छौँ जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले आँखा शिविर गर्नको उद्देशय प्रष्ट पार्दै भने ‘हाम्रो आँखाको स्थिति वारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’ शनिबारको शिविरमा जाँच गर्न आएका अधिकांश पत्रकारहरुमा आँखा सुख्खा हुने र एलर्जीको समस्या देखिको डा. पंकज चौधरीले बताए । ‘कम्युटरमा धेरै समय काम गर्ने भएकाले पनि होला उहाँहरूमा आँखामा हुने सुख्खापन धेरै नै छ’, उनले भने । शिविरमा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पनि आँखा जँचाएका थिए। आँखा शिविरमा पत्रकारहरुको उल्लेख्य सहभागिता थियो  
सम्बन्धित खबर