बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको पहिचानको लागि स्वस्थ्य परिक्षणलाई तिब्रता

शनिवार, जेठ १३, २०८०
बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि संकास्पद विरामी जाँच कार्यलाई अघि बढाएको छ । यस रोगको उच्च जोखिममा रहेको वडा नम्बर १०मा अभियाननै सञ्चालन गरीएको थियो ।
यस वडामा १ सय १ जना संकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरका सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनु भयो ।
जेठ ६ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परिक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरुको आइतबार भोलीसम्ममा रिपोर्ट आउने जनाइएको छ ।
वडा नम्बर १०मा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरि कुष्ठरोग निदानको लागि अभियान सञ्चालन गरिएको हो ।
बिर्तामोडमा कुष्ठरोगीको संख्या २९ जनाबाट बढेर ३४ पुगेको छ । यस अघि ९ जनामात्रै रहेको वडा नम्बर १०मा ५ जना कुष्ठरोगी थपिएपछि १४ पुगेको हो ।
सम्बन्धित खबर