बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विर्तामोड नगरपालिकामा कुचो बनाउने तालिम सम्पन्न

शनिवार, जेठ १३, २०८०
झापाको विर्तामोड नगरपालिका वडा नम्बर ६ मा कुचो बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समुहले आयोजना गरेको तालिम सम्पन्न भएको हो । तालिममा शुभ विहानी शेर्मा टोलका २५ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुचो सबैका घरमा आवश्यक पर्ने भएकोले तालिम उपलव्धि मुलक बनाउन आग्रह गर्नु भयो । व्यवसायिकरुपमा यो पेशालाई अगाडि बढाउन सकिने भन्दै उहाँले तालिम उपयोगी बन्नेमा विश्वास व्यक्त गर्नु भयो । तालिम समापन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाको पनि उपस्थिति रहेको थियो । तालिममा सहभागीहरुलाई स्थानिय विरु राईले प्रशिक्षण दिनु भएको थियो । यस क्षेत्रमा कृषकहरु धेरै रहेको र त्यसमा पनि महिलाहरु घरमै बस्ने भएकोले विभिन्न प्रकारका उपयोगी कृषि तालिमको व्यवस्था गर्न तालिम आयोजक समिति संयोजक आइतमाया शेर्माले आग्रह गर्नु भयो । सहभागीहरुलाई नगर प्रमुख प्रसाई र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले प्रमाण पत्र वितरण भएको थियो ।
सम्बन्धित खबर