बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाका स्थानियतहहरु मध्ये पहिलो पटक कनकाईमा स्वत प्रकाशन

बुधवार, जेठ १०, २०८०
झापा जिल्लाका १५ वटा स्थानिय तहहरुमध्ये कनाई नगरपालिकाले जिल्लामै पहिलो पटक स्वत प्रकाशन गरेको छ । कनकाई नगरपालिका झापा झापा जिल्लाको मध्यभागमा रहेको नगरपालिका हो। नेपालको बन्द निषेधित तथा विद्युत चुवाट मुक्ता नगरपालिको रुपमा पहिचाहन बनाएको कनकाई नगरपालिका समग्र देश भरका नगरपालिकामा उत्कृष्ट नगरपालिकाका सूचीहरुमा  समेत रहेकोछ। सूससान र सेवा प्रवाहलाइ चुस्त दुरुस्त राख्नुपर्छ सेवाग्राहीले कुनै पनि सेवा लिन आउदा दुख पाउनु हुदैन सहजै सेवा पाउनु पर्छ भन्ने विषयमा यहाँका जनप्रतिनिधी तथा कर्मचारीहरु सवैको एउटै ध्येयछ। यसै विच आज एक कार्यक्रम गर्दै कनकाई नगरपालिकाले सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली,२०६५ को नियम ३ बमोजिम पहिलो पटक स्वत प्रकासन गरेको छ। ऐनमा व्यवस्था भए बमोजिम अवका दिनहरुमा नियमित रुपमा प्रकासन गर्दै जाने कुरा प्रमुख प्रसासकीय अधिकृत  मोहनप्रसाद न्यौपानेले बताउनु भयो। यस स्वत प्रकासन गर्न महत्वपुर्ण समय दिएर स्वत तयार गर्ने हुने सूचना प्रविधि अधिकृत श्री खगेन्द्र मिश्र, विवरणहरु उपलब्ध गराउनुहुने सम्पुर्ण शाखा प्रमुखहरुलाइ सूचना अधिकारी श्री हरिप्रसाद मिश्रले धन्यवाद दिनु भएको थियो। कार्यक्रमा नगरपालिका सम्पुर्ण शाखागत प्रमुख तथा अन्य कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।स्वत प्रकासन गर्नेमा कनकाई नगरपालिका झापा जिल्लाका १५ पालिका मध्ये पहिलो पालिका रहेको समेत प्रमुख प्रसासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनु भयो।
सम्बन्धित खबर