बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा पुर्व सचिव वाँस्तोला अध्यक्षका लागि मैदानमा

सोमवार, जेठ ८, २०८०
विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विर्तामोड झापाको सञ्चालक समितिकालागि लोकतान्त्रिक राष्ट्रवादी सूुहवाट उमेद्वारहरु सार्वजनिक गरिएको छ । एक कार्यक्रमकाविच सार्वजिनक गरिएका उमेद्वारहरुमा अध्यक्षमा पुर्व सचिव मेघराज बाँस्तोला, उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारस मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्यहरु आनन्द गुरुङ, खगेन्द्र थापा, बालादेवी खरेल, माया प्रधान(खडगी), कमला अग्रवाल रहनु भएको छ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी जेठ १५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–राष्ट्रवादी समूहले उम्मेदवार घोषणा गरेको हो । आइतबार एक कार्यक्रमका बिच लोकतान्त्रिक–राष्ट्रवादी समूहले स्वच्छ सफा खानेपानी– निरोगी र स्वस्थ जिन्दगानी भन्ने नाराका साथ आफ्ना उम्मेदवार घोषणा गरेको हो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानलको रुपमा उमेद्वारहरुको घोषणा भएको छ । घोषणा सभामा बोल्दै नेपाली कांग्रेसका नेता संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सबै मतदातालाई निष्ठापूर्वक मत हाल्न आग्रह गर्नुभयो । त्यस्तै राप्रपा झापा अध्यक्ष केशव ओझाले राप्रपाले कसैप्रति बेइमानी नगर्ने बताउँदै विश्वस्त हुन आग्रह गर्नुभयोे । उहाँले सबै उम्मेदवारहरुलाई अग्रिम शुभकामना दिनुभयो । उम्मेदवारहरुको तर्फबाट अध्यक्ष पदका उम्मेदवार मेघराज बास्तोलाले खानेपानीलाई थप व्यवस्थित बनाउँदै सबै उपभोक्ताको घरघरमा पुर्याउने र यस अघिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभएको छ । वाँस्तोला विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विर्तामोड झापाको अनुभवप्राप्त ब्यक्ति तथा पुर्व सचिव समेत रहनुभएको थियो ।
सम्बन्धित खबर