शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला

बिहिवार, वैशाख २८, २०८०
हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ । हरिपूर्वा र सङ्ग्रामपुरमो बीचमा पर्ने हरिपूर्वा नगरपालिका १ पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढाी सोनवर्षा ९ बस्ने २८ वर्षीय सेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधबार साँझ ५ बजेतिर विभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो । प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको हो । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको विभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् । घटनास्थलमा कुनै हतियार फेला नपरेको प्रहरीश्रोतले वताएको छ। यस घटनामा संलग्न कोही व्यक्तिको  पहिचान गर्ने कामका लागि अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । । हरिपूर्वा नगरपालिका–१ का वडाध्यक्ष श्यामबाबु रायले रातभर मृतकको शव घटनास्थलमै रुघेर प्रहरीले बिहानबाट थप अनुसन्धान थालेको वताउनुभयो।
सम्बन्धित खबर