शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

अर्जुनधारामा समयको मागलाई मध्यनजर गर्दै विद्युतीय साक्षरता तालिम सम्पन्न

बुधवार, वैशाख २७, २०८०
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा अर्जुनधारा नगरपालिका सूचना प्रविधि शाखाले नगरका सामुदायिक विद्यालयहरुमा मंगलबारदेखि विद्युतीय साक्षरता तालिम सञ्चालन गरेको थियो । नगरभित्र रहेका नौ वटा सामुदायिक विद्यालयका कक्षा–१०मा अध्धयनरत् विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको तालिममा पाँच सय ४५ जना विद्यार्थी लाभान्वित भएको शाखा प्रमुख विनोद खनालले जानकारी दिनुभयो । शनिश्चरे माध्यमिक विद्यालयबाट सुरु भएको तालिम अर्जुनधारा माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, कालिस्थान माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, शनिश्चरे माध्यमिक विद्यालय र सिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शाखा अधिकृत खनालले जानकारी दिनुभयो । चालु अवस्थामा रहेका विभिन्न प्रविधि बारे जानकारी र विद्युतीय प्रविधिको प्रयोगबाट हुनसक्ने जोखिमलाई न्यूनिकरणमा तालिम केन्द्रित भएको थियो । साथै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने विद्युतीय सेवाका बारेमा समेत जानकारी गराइएको तालिममा शाखा प्रमुख खनाल, कम्प्युटर महासंघ झापाका सचिव लोकप्रिय खनाल र प्राविधिक सहायक भीष्म घिमिरेले सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागी माध्यमिक तहा विद्यार्थिहरुलाई साइबर सचेतना, सार्वजनिक सेवा प्रवाहमा आम जनताको पहुँच पु¥याउने विषय, अनलाइन कारोबारमार्फत् कर तथा राजश्व सम्बन्धी सेवा प्रवाहको विषय लगायतका वारेमामा सहजिकरण गरिएको शाखा प्रमुख खनालले जानकारी दिनुभयो । तालिम सञ्चालनका लागि कम्प्युटर महासंघ नेपाल झापा शाखा र आईआईएचटीको प्राविधिक सहयोग रहेको बताइएको छ । अर्जुनधारा नगरपालिकाले तयार गरेको अनलाइन कर भुक्तानी प्रणाली बारे जानकारीमूलक ब्रोसर तालिममाका सहभागि विद्यार्थिहरु मार्फत सम्पुर्ण नागरिकहरु समक्ष प्ग्ने गरी वितरण गरिएको शाखा प्रमुख तथा सुचना प्रविधी अधिकृत खनालले सञ्चार मञ्चलाई जानकारी दिनुभयो । सोहि क्रममा अधिकृत खनालले सुचना प्रविधिसँग सम्वन्धित तालिम नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने शाखाको तयारी रहेको समेत जानकारी गराउनुभयो ।
सम्बन्धित खबर