बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको बुधबारेमा  कालोझण्डा

बुधवार, वैशाख १३, २०८०
कोसी प्रदेशको नामकरणको विरोध गर्दै पहिचानबादीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको बुधबारेमा  कालोझण्डा देखाएका छन् । सोही क्रममा बुधबार पहिचानबादी केही नेता तथा कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ । पहिचानवादीहरुले शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेको बेला प्रहरीले लठ्ठी र बन्दुक देखाएर आन्दोलन नबिथोल्न प्रहरीलाई चेतावनी समेत दिएका छन् । ओली पूर्वी पहाडका विभिन्न जिल्लामा हुने कार्यक्रमका लागि बुधबार झापा आउनुभएको हो । बुधबारेको रामजानकी मन्दिरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्ता विरोधले एमालेलाई केही फरक नपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले चुनाव जितेर प्रदेश सभामा पुगेर प्रदेशको नाम संशोधन गर्न चुनौती दिनुभयो । इलाम जाने क्रममा झापाको बुधबारेस्थित रामजनकी मन्दिर आयोजित गरिएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा पहिचानबादीहरूले उहाँलाई कालो झण्डा देखाएका हुन् । प्रहरीको बाक्लो उपस्थितिमा पनि उनीहरूले ओलीको गाडी नै छेकेर कालो झण्डा देखाउने प्रयास गरेका थिए । त्यहीबेला प्रहरीले उनीहरूलाई धरपकड गरेको हो ।      
सम्बन्धित खबर