बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोडमा सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम सुरु

मङ्गलवार, वैशाख १२, २०८०
बिर्तामोडमा सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम सुरु भएको छ। तालिम विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आजदेखि सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले व्यानर वाचन गरेर तालिम उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले यस प्रकारको तालिमले सहकारी तथा वित्तिय व्यवस्थापनको कार्यमा महत्वपुणर् भुमिका खेल्ने बताउनु भयो ।
लेखा चुस्त दुरुष्त राख्न तालिम फलदायी हुने भन्दै उहाँले ध्यानपुर्वक सिक्न सहभागीहरुलाई आग्रह गर्नु भयो । उपप्रमुख संग्रौलाले राज्यको नीति अनुसारनै सहकारी र वित्तिय संस्थाहरु दर्ता भएर सञ्चालनमा रहने भएकाले पारदर्शी ढंगले कारोवार गर्नु पर्नेमा जोड दिनु भयो ।
तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारीहरु मध्येबाट ३० जनालाई सहभागी गराइएको नगरको सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो । नगरपालिकाले सहकारी तथा गरिबि व्यवस्थापन सूचना प्रणाली, कर्जा व्यवस्थापन, लेखा तथा संस्था व्यवस्थापन लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
सहकारी तथा सामाजिक विकास शाखाकी संयोजक यामुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन  कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला ल्वागुनको पनि उपस्थिति रहेको थियो । तालिम बैशाख १६ गतेसम्म सञ्चालन हुने जनाइएको  छ ।
सम्बन्धित खबर