बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्जुनधारा ७ मा एक महिने सिलाई कटाई कार्यक्रम सुरु

बिहिवार, चैत २३, २०७९
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा गोपाल गौरी दिगो विकास प्रतिष्ठानको प्राविधिक सहयोगमा एक महिने सिलाई कटाई तालिम आज एक कार्यक्रमको आयोजना गरी उध्घाटन गरिएको छ । वडाका एक लाख लगानिमा सञ्चालनमा ल्याएको तालिममा २६ जनाको निवेदन परेतापनि १६ जना लाई सिप प्रदान गरिने गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले जनाकारी दिनु भयो । एक महिनासम्म सञ्चालन हुने तालिममा विपन्न परिवारका नागरिकहरु सहभागि भएको वताउँदै सहभागिहरुलाई दत्तचित्तकासाथ सिक्न अर्जुनधारा नगरपालिका वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडाले आग्रहसमेत गर्नु भयो । सिक्ने पमय प्रयाप्त नहुने सहभागिहरुलाई समय वर्बाद नगरी सिक्न इच्छुक अरु ब्यीक्तीहरुलाई अवसर प्रदान गर्न समेत उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा वोल्दै अध्यक्ष खतिवडाले तालिम प्रभावकारी ढंगवाट सम्पन्न भए आगामि वर्ष एड्भान्स तालिमको ब्यवस्थाका लागि समेत वडा वाट पहल गरिने वताउनुभयो । उध्घाटन कार्यक्रमको प्रमुख अथिती अर्जुनधारा नगरपालिका उप प्रमुख खड्गमाया पराजुलीले सिपमुलक तालिममा सहभागिहरुले ध्यानपुर्वक सिकेर ब्यवसाय सञ्चालन गर्न योग्य हुनसमेत आग्रह गर्नुभयो । पराजुलीले प्रमुख आतिथ्यता ग्रंहण गरेको उध्घाटन कार्यक्रम वडा सदस्य जानुका दियालीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्यहरु, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका आजिवन सदस्यहरु, कर्मचारी साथै वडा सचिव सस्मीता लुइटेलको समेत उपस्थिति रहेको थियो । एक महिनासम्म सञ्चालन हुने सिलाई कटाई तालिम गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी लेवल टु पास प्रशिक्षक इन्दु भट्टराईले सञ्चालन गर्ने वडा सचिव सस्मीता लुईटेलले जानकारी दिनुभयो ।
सम्बन्धित खबर