बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धशान्ति अध्यक्ष मनोज प्रसाईद्वारा १४ थान ह्वीलचेयर वितरण

शुक्रवार, चैत १७, २०७९
   झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले पालिका भित्रका ह्वीलचेयर आवश्यकता पर्ने अपाङ्गता भएका १५ जना लाई ह्वीलचेयर वितरण गर्नुभएको छ । रोटरी इन्टरनेश्नल फाउन्डेसनको समन्वय तथा ‘द काओ झोङ झी फाउन्डेशन ताइपाइ’ को सहयोगमा बुद्धशान्तिमा आएको १४ थान ह्वीलचेयर आज अपांगता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो । बुद्धशान्तिका विभिन्न क्षेत्रका अपांग भएका व्यत्तिहरुको सहजताका लागि ह्वीलचेयर वितरण गरिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउनभयो उहाँले भन्नुभयो ‘चुनावी प्रचारप्रसारका क्रममा मैले आफ्नो तलब भत्ता जनतामानै खर्च गर्ने भनेको थिएँ । सोही रकमबाट अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको हो ।’ निशुल्करुपमा सहयोग आएता पनि कलकत्ताबाट काठमाण्डौँ, दमक हुँदै बुद्धशान्ति सम्म आइपुग्न यस्को ढुवानी वापतको ६३ हजार रुपैँया पालिका अध्यक्ष प्रसाईले आफ्नो व्यक्तिगत तलब भत्ताबाट खर्च गर्नुभएको छ । आगामी दिनमा अझ केही थान ह्वीलचेयर ल्याउन समन्वय गरिरहेको उहाँले जानकारी दिनु भयो।
सम्बन्धित खबर