बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा को मेचीनगर २ बौद्धमोडमा कृतिम हात खुट्टा वितरण

बिहिवार, चैत १६, २०७९
नगेन्द्र नेपाल/झापा- झापाको मेचिनगर नगरपालिका वडा नं. २ बौधमोडमा नारायण सेवा आश्रम, ब्रम्हाण्ड सहकारि तथा हरिहर सत्संग परिवार को संयुक्त आयोजना मा कृतिम हात खुट्टा वितरण गरिएको छ । शिविर मा १२४ जना अपाङ्ग तथा असक्त ब्याक्तिहरुलाई कृतिम हात खुट्टा, ह्विल चियर,श्रवण यन्त्र ,सेतो छडि लगायतका सामग्री निःशुल्क वितरण गरेको ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताउनुभयो। गत माघ २१ गते बौद्धमोडमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका कोसी र मधेस प्रदेशका विभिन्न जिल्लावाट अपाङ्ग नागरिकहरु यस कायृक्रम वाट लाभान्वित भएको वताइएको छ। ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा १२४ जनालाई एक कार्यक्रमको आयोजना गरेर कृत्रिम सामाग्री वितरण गरेको हो। उपसभामुख रानामगरले शारीरिक अशक्तता भएकाहरूलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा ब्रह्मान्ड सहकारी, हरिहर सत्संग परिवार लगायत भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्नुभयो। शारीरिक अशक्तता भएकाहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उहाँको जोड थियो। ुउहाँले उपस्थित सेवाग्राहिलाई नियाल्दै भन्नुभयो कृत्रिम हात र खुट्टा पाउनु हुनेहरूको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु । कार्यक्रममा रूद्र गौरी ओली प्रतिष्ठानले पनि चार जनालाई ह्विलचेयर प्रदान गरेको थियो । ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ धार्मिक विकास संस्थाको संयुक्त आयोजनामा मेचीनगर–२ बौद्धमोडमा शारीरिक अशक्तता भएकाहरूका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्विलचेयर र वैसाखीको बैंक समेत स्थापना भएको छ । हरिहर सत्सङ धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताउनुभयो। उक्त अवसरमा वोल्दै मेचिनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्बन्धित खबर