बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मिलनसार साकोषले १४ औँ वार्षिक उत्सवसगै सहकारी सदस्य शिक्षा कार्यक्रम सम्पन्न गर्यो

बुधवार, चैत १५, २०७९
झापा, झापाको विर्तामोड नगरपालिकामा सञ्चालनमा रहेको मिलनसार वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औँ बार्षिक उत्सव कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मि प्रसाद वाँस्कोटाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा शेयर सदस्यहरुको आम भेला गराएर सहकारी सदस्य शिक्षा कार्यक्रमाको आयोजना गरिएको संस्थाका ब्यवस्थापक विक्रम चौधरीले जानकारी दिनु भयो । संस्थाका उपाध्यक्ष अजय कुमार देवले स्वागत गर्नु भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष वसन्त प्रेमी राजभण्डारीको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अथितिवाट दिप प्रज्वलन गरेर उध्घाटन गरीएको कार्यक्रममा केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले शहकारी सदस्य शिक्षाका वारेमा कक्षा सञ्चालन गर्नुभएको थियो । आर्थिक मन्दिको कारण देखाउँदै देसमा ठुलो भोल्युमको आर्थिक कारोकार गर्ने सहकारीहरु सञ्चालकहरुको मनोपोलीका कारण दिनानुदिन संकटमा फसीरहेको सन्दर्भमा मिलनसार साकोसलेभने आफ्ना सदस्यहरुलाई सहकारीको वित्तिय अवस्थाको वारेमा जानकारी गराउँदै सञ्चालक समितिले गलत गरेको भए सुझाव दिनकालागि अनुरोध समेत गरेको सहकारीका लेखापाल जिवन भण्डारीले वताउनुभयो । संस्थाका अध्यक्ष लक्ष्मि प्रसाद वाँस्कोटाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सहकारीका सञ्चालक समितिहरुले सहकारी ऐन नियम विपरित कुनै पनि काम नगरेको वताउँदै १ महिना अघि सम्म ऋण प्रवाह गरिरहेकोमा हाललाइ स्थगित गरिएको वताउनु भयो । बोल्नेक्रममा अध्यक्ष वाँस्कोटाले ऋणीलाई वढि आर्थिक भार पर्ने गरी कर्जा उपलब्ध नगराएको हुँदा हाल सहकारीमा आर्थिक संकटको अवस्था नरहेको वताउनु भयो । वजारको गलत हल्लाको पछि नलाग्न सेयर सदस्यहरुलाई आग्रह गर्दै अध्यक्ष वाँस्कोटाले अन्य सहकारीको कुरा गर्नुभन्दा पनि आफ्नो सहकारीलाई थप ब्यवस्थित साथै मर्यादित वनाउँदै सदस्यहरुको हितमा रहेर काम गर्ने वताउनु भयो । साथै सहकारीले निकट भबिश्यमै मोबाइल बैङ्किङ सेवा सुभारम्भ गरीने योजना रहेको अध्यक्ष बास्कोटाले सार्बजनिक गर्नु भयो । सहकारीकी बजार प्रतिनिधि सुजाता खरेल (तिवारी ) ले अन्य सहकारीको कारोबार बिग्रीएको खबर सुनिएपनी मिलनसार साकोसमा सदस्य सङ्ख्या वद्धि भएको साथै दैनिक बचत समेत बढिरहेको बताउनु भयो । कार्यक्रम सहकारीका सचिब दिनोज बजगाइले सञ्चालन गर्नु भएको थियो । उक्त अवसरमा साकोसले बिर्तामोडको भद्रपुर रोडको डिभाइडरमा रोपिएका बिरुवाका लागि एक खण्ड डिभाइडर बराबर १७ हजार एक सय रुपैयाँ बिर्तामोड नगरपालिकालाई सहयोग गरेको छ । सहकारी संस्थाहरुको वारेमा केहि ब्यक्तिहरुले गलत अभिब्यक्ती दिदै हिँडेका कारण आम नागरिकमा भ्रम सिर्जना भइरहेको सन्दर्भमा मिलनसार साकोषले सञ्चालन गरेको सहकारी सदस्य शिक्षाले सबै सहकारीहरु असहज परिस्थितिमा नरहेको पुष्टि गरेको छ ।
सम्बन्धित खबर