बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मनमोहन सामुदायिक अस्पताल बिर्तामोड द्वारा नगर अस्पताललाई ट्रली सहयोग

बुधवार, चैत ८, २०७९
बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ ।
फागुन २० गते देखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो ।
मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर मेयर पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मुल्य पर्ने ट्रली हस्तान्तरण गर्नु भएको हो ।
बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघ संस्थाहरुबाट स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ ।
यस अघि रोटरी क्लब बिर्तामोडले ६ वटा डायलासिस मेसिन अस्पताललाई सहयोग गरेको थियो ।
सम्बन्धित खबर