बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पुर्व महासचिव पालुङवाको उपचारमा तरुण दलको आर्थिक सहयोग

सोमवार, चैत ६, २०७९
काठमाडौं पुर्व महासचिव पालुङवाको उपचारमा तरुण दलले आर्थिक सहयोग गरेको छ । बिगत लामो समयदेखी टीचिङ्ग अस्पताल ९मनमोहनमा उपचार गराई रहनु भएका नेपाल तरुणदलका पूर्व केन्द्रीय महासचिव, युवा नेता पदम पालुङवाको शिघ्र स्वाथ्य लाभको कामना गर्दै आज अस्पतालमा गएर नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा आम तरुण नेताहरु सहित रु.१ लाख ३०,हजार आर्थिक सहयोग हस्तान्तरण गरीएको जनाइएको छ । सहयोग कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय मुख्य सचिव ठान प्रसाद पोखरेल , नेपाल तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा ,नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्ष सन्जय लामा ,नेपाल तरुण दल नुवाकोट अध्यक्ष सिंहराज तामाङ ,नेपाल तरुण दल काभ्रे अध्यक्ष सुजन लामा लगायत तरुण महाधिवेशन प्रतिनिधिहरु साथै तरुण नेताहरु लागायतको उपस्थिति रहेको बताइएको छ ।
सम्बन्धित खबर