शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु

शुक्रवार, फागुन २६, २०७९
झापा ।  बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो ।
तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गर्नु भयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी विचको सम्बन्ध पारदर्शी बनाउने उदेश्यकासाथ यो तालिमको आयोजना गरीएको बताउनु भयो । सहकारीले राज्यलाई सहयोग गरेको भन्दै उहाँले सहकारीहरुलाई नियमन गर्दै बलियो बनाएर लैजानु पर्ने धारणा राख्नु भयो ।
तालिममा अहिले ३० जना सहभागी छन् । यस पछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो ।
तालिममा कर व्यवस्थापन, खाता पोष्टीङ्ग, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट,  नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले जानकारी दिनु भयो ।
सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगरअस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर