शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

काठ्माडौं वल्ड स्कुलको नेपाल टुर धरानमा सम्पन्न, विराटनगरमा आज हुदै

आइतवार, फागुन २१, २०७९
धरान । काठमाडौं वल्र्ड स्कुलले सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । शनिबार स्कुलका चियरमेन इ.डा.मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो । प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए । गुणस्तरिय शिक्षाका लागि योग्यता र त्यसप्रतिको सर्मपीतता महत्वपूण विषय रहेको बताउंदै खुलालले शिक्षकलाई त्यसतर्फ केन्द्रीत गराउन आवस्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले वल्र्ड स्कुलले नेपालका विद्यार्थी वाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित स्कुलले आफ्नो उदेश्य पुरा गर्ने बताउनु भयो । स्कुलमा अपनाइने शैक्ष्ँिक विद्यिहरुप्रति खुसी व्यक्त गर्दै वाहिर जानुपर्ने विद्यार्थी नेपालमै रहनुपर्ने बताउनु भयो । व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार बिर्तामोडमा एजुकेस्नल टुर गरिसकेको छ । सोहीअनुसार विराटनगरमा पनि आज(आइतबार) विहान ८ बजे बाट कार्यक्रम आयोजना हुँदैछ । वर्ल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ । स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिदै आएको स्कुलका चियरम्यान डा. ई. मिथिलेश कुमार झाले बताउनु भयो ।
सम्बन्धित खबर