बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटवलको आयोजना

शुक्रवार, फागुन ५, २०७९
बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटवलको आयोजना गरेको छ । ७० औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति (NLF) झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरिय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो ।
नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारी विजयी भएका छन् । खेलको पुरा समयमा ३-३ गोल भएपछि पेनाल्टी हानिएको थियो । पेनाल्टीमा ३–२ गोल अन्तरले कर्मचारी विजयी भएका हुन् ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो ।
कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं भन्ने मुख्य नाराका साथ मनाईएको यस वर्षको कुष्ठरोग दिवसका अवसरमा नगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमसंगै फुटवल खेलकोसमेत आयोजना गरेको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनुभयो ।
सम्बन्धित खबर