शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल बन्यो

शुक्रवार, माघ २७, २०७९
बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो । ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन.के कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ७का वडाध्यक्ष कृष्ण प्रसाद खरेल अविरलले अगुगमन गर्नु भएको छ । वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताउनु भयो । उहाँले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौ देखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताउनु भयो । बिर्तामोड नगरपालिका क्षेत्र भित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आउनु भएको छ । ठेकेदारको ढिला सुस्तीकाकारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्नका लागि खबरदारी गर्दै आएको हो ।
सम्बन्धित खबर