बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुनवर्षीमा तेस्रो मेयरकप क्रिकेट प्रतियोगिता सुरु, सुनवर्षी–९ को विजयी सुरुवात

मङ्गलवार, माघ ३, २०७९
विराटनगर, २९ पुस । मोरङको सुनवर्षी नगरपालिकामा तेस्रो मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखी सुनवर्षीको भेडुवाथानमा तेस्रो मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको रंगली नगरपालिकाका मेयर दिलिप बगडीयाले उद्घाटन गरेका छन् । उनले एक ओभर व्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरे । खेलको उद्घाटनमा बगडीयाले व्याटिङ गर्दा आयोजक सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले बलिङ गरेका थिए । त्यस्तै खेलको उद्घाटनमा रंगेली नगरपालिकाका मेयर बगडीयाले एक ओभर बलिङ गर्दा आयोजक सुनवर्षीका मेयर राजवंशीले व्याटिङ गरेका थिए । खेलको उद्घाटन कार्यक्रममा रंगली नगरपालिकाका मेयर बगडीयाले नगरलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास पनि अपरिहार्य रहेको बताए । उनले स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक भएको बताउँदै पूर्वाधारसँगै खेल क्षेत्रको पनि विकास गरिनुपर्ने बताए । मेयर बगडीयाले खेलकुदले नगरको पहिचान समेत स्थापित गर्ने दावी गरे । कार्यक्रममा सुनवर्षी नगरपालिकाका मेयर राजवंशीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले वर्षेनी मेयरकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । उनले यसपटक तेस्रो वर्षका रुपमा प्रतियोगिता आयोजना गरिएको बताउँदै सो प्रतियोगिताले निन्तरता पाउने बताए । मेयर राजवंशीले शुक्रबारदेखी सुरु भएको प्रतियोगितामा विभिन्न १६ वटा टिमको सहभागीता रहेको बताउँदै सम्पूर्ण खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । सो अबसरमा सुनवर्षी नगरपालिकाकी उपमेयर मीरादेवी दासले पनि खेलाडीहरुलाई शुभकामना दिइन् । कार्यक्रममा सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी एवम उद्घाटन कार्यक्रममा उपस्थित खेलाडी र खेलप्रेमी महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । लेखा अधिकृत थापाले नगरपालिकाले खेल क्षेत्रलाई पनि विषेश प्रथामिकतामा राखेको बताए । कार्यक्रममा सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, नगर कार्यपालिकाका सदस्यहरु, नगरसभा सदस्यहरु, वडाध्यक्षहरु, छिमेकी रंगेली नगरपालिकाका जनप्रतिनिधि र खेलप्रमीहरुको बाक्लो उपस्थिती रहेको थियो । ्उद्घाटन पछि शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुनवर्षी–९ ले विजयी सुरुवात गरेको छ । सुनवर्षी–९ र हसन्दहबिच भएको खेलमा सुनवर्षी–९ ले २२ रनले विजयी भएको छ । खेलमा टस जितेर व्याटिङ गरेको सुनवर्षी–९ ले १८.४ बलमा १२६ रन जोड्दै अल आउट भयो । १२७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हसन्दहले १९.३ ओभरमा अल आउट हुँदै १०४ रन मात्र बनाउन सक्यो । खेलको म्यान अफ दी म्याच सुनवर्षी–९ का अबु सलिम घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल आगामी माघ १६ गते हुने सुनवर्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सुनवर्षी नगरपालिकाका ९ वटै वडाबाट ९ वटा टिम, हसन्दह, सुनवर्षी लगान टिम, सुनवर्षी नगरपालिका कर्मचारी टिम, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको एक÷एक वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताका विजेताले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने सुनवर्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद ५÷५ हजार, म्यान अफ दी सिरिजले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स म्यान, उत्कृष्ट फिल्डर र अनुशासित टिमलाई नगद १५÷१५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिने सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।
सम्बन्धित खबर