शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमका प्रशिक्षकको गोष्ठी सुरु

मङ्गलवार, पौष २६, २०७९

ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध किसानहरुलाई समृद्धिले वित्तीय शिक्षा प्रदान गरिरहेको छ । गोष्ठीमा आयोजनाले दिँदै आएको वित्तीय तथा व्यवसायिक ज्ञान तालिमको प्रभावकारिताको विषयमा ५ दिनसम्म छलफल र कार्यशाला हुने आयोजनाका वित्तीय समावेशिकरण अधिकृत समिल कार्कीले जानकारी दिनुभयो । समृद्धिले किसान समूहलाई ३५ हप्तासम्म र सहकारीमा आबद्ध सदस्य तथा गैह्र सदस्यहरुलाई आवश्यकता अनुसार वित्तीय तालिम दिँदै आएको छ ।

लिंक पठाइदिनु होला ।

सम्बन्धित खबर