बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शिवसताक्षी नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा गोपाल गौरी द्वारा झोला वनाउने तालिम सञ्चालन ।

बिहिवार, पौष २१, २०७९
झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ को रु एक लाख आर्थिक सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठान द्वारा सञ्चालित १० दिने झोला निर्माण तालिम आज सम्पन्न भएको छ । वडाका १५विपन्न परिवारका एक एक जना गरी १५जना महिलाहरुलाई दिइएको तालिम वाट जोगी झोला, मोवाइल पर्ष, पेन्सिल पर्ष, जेब्रा झोला, लगेज ब्याग लगायतका सामाग्रीहरु निर्माण भएका छन । निर्माण भएका सामग्री गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले वडा कार्यालयलाई हस्तान्तरण गर्नु भएको छ । समापन कार्यक्रममा वोल्दै सहभागिहरुले तालिमको अवधि छोटो भएको गुनासो गरेका छन । शिप मुलाक साथै रोजगारमुलक तालिम सञ्चालनमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले जिल्लामा महत्वपुर्ण योगदान पुर्याउदै आएको छ । आफ्नो संस्था वाट शिप सिकेका ब्यवसायिहरुले उत्पादन गरेका सामग्रीको वजारीकरण समेत यस सँस्थाले गर्ने गरेको तालिमकी प्रशिक्षक उमा शिवाकोटीले जानकारी दिनु भयो । सुरुमा मेसिन चलायन समेत नजान्ने सहभागिहरुले १० दिनमै झोला फिनिसिङ गर्न सक्षम भएको वडा सचिव खेमराज दुलालले वातउनु भयो । छोटो समयको तालिम भएका कारण पुर्ण रुपमा शिप सिकाउन नसकिएको वताउँदै वडा सदस्य दुर्गा देवी बुढाथोकीले आगामि दिनमा थप वजेटको ब्यवस्थापन गरेर एड्भान्स तालिम सञ्चालन गर्ने वताउनु भयो । प्रतिष्ठानले सञ्चालन गरेको तालिम वाट उत्पादित जनशक्तिलाई ब्यवसायिक वनाउँदै रोजगारसँगै वजार ब्यवस्थापनका लागि पहल गर्ने केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिनु भयो ।
सम्बन्धित खबर